
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।
सत्तारुढ दलका शीर्ष नेताहरुको छलफलपछि संक्षिप्त प्रतिकृया दिँदै अध्यक्ष प्रचण्डले एमसीसी सार्वभौम संसदले टुंगो लगाउने भएकोले एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रतिकृया दिएका हुन् ।
छलफलमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीकै कारण गठबन्धन टुट्ने त होइन ? भन्दै प्रश्न गर्दा आफूले एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रतिवद्धता जनाएको प्रचण्डले बताए ।











