काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएका छन् ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले एमसीसी संशोधन नगरी पारित गर्न नसकिने बताएका हुन् । संशोधन गरेर मात्रै एमसीसीलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘हाम्रो पार्टीबाट यथास्थितिमा यसलाई पारित गर्ने सकिँदैन । यथास्थितिमा पारित नगर्ने भएपछि संशोधनका विषयहरु के–के छन्, विषयबस्तु के हुन् भन्नेबारे छलफल गरौं भनेर सुझाव दिएको छु ।’











