Logo
Logo

विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई


63
Shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले यस प्रदेशमा अनेक सम्भावनाहरू भएको र ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको बताए । उनले राष्ट्रियताको रक्षा र समृद्धिको यात्रा पूरा गर्न विकास गर्नुको विकल्प नरहेको उनको भनाइ थियो।

उनले भने, ‘सरकारसँग पूँजीगत खर्च अभाव रहेको समयमा स्वदेशी वा विदेशी निजी क्षेत्रहरूले सम्भावित क्षेत्रहरूमा लगानी लगाउन उदारता देखाउनुपर्नेमा जोड दिँदै प्रदेश लगानी प्राधिकरणको सुझाव गहकिलो छ ।’

मुख्यमन्त्री राईले अब मुलुकमा राजनीतिक क्रान्ति समाप्त भई आर्थिक क्रान्तिको समय आएको बताउँदै भारत र चीनको प्रगतिलाई नेपालले पछ्याउनुपर्ने धारणा राखे ।

उनले हाम्रा जनशक्ति विदेश जाने र हामी विदेशी उत्पादनमा निर्भर रहनु पर्दा हाम्रो उत्पादन ठप्प हुने र बेरोजगार समस्या बढ्ने तर्क गर्दै स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न दुई ठूला शक्तिको प्रगतिलाई पछ्याउनुपर्ने आवश्यकता औँल्याए ।

विदेशी वा स्वदेशी लगानीका निम्ति ऐन, कानुन परिमार्जन गर्ने र शान्तिसुरक्षा एवं सुशासनलाई पनि सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्