Logo
Logo

विश्वकपमा छनोट हुन्छौँ : सन्दीप लामिछाने


630
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अब सेमिफाइनलमा यूएईलाई हराएर विश्वकपमा छनोट हुने बताएका छन् ।

ओमानमा क्यानडालाई हराएर सेमिफाइनलमा प्रवेश गरे लगत्तैको म्याच प्रेजेन्टेसनमा कप्तान सन्दीपले समुह चरणको जस्तै नतिजा निकालेर विश्वकपमा छनोट हुने बताएका हुन् ।

उनले नेपाली टिमलाई यस्तै माया र विश्वास प्रकट गर्न आग्रह पनि गरेका छन् । दबाबमा राम्रो खेल्न सक्ने टिमले नै जित्ने भन्दै उनले नेपालले आज त्यस्तै दबाबका बीच राम्रो खेलेर विजयी भएको बताए । उनले नेपालका फास्ट बलरको प्रदर्शन गजब रहेको पनि बताए ।

नेपालले सेमिफाइनलमा भोली यूएईसँग खेल्दैछ । यो खेल जित्ने टिम प्रतियोगिताको फाइनलमा पुग्नेछ र फाइनल पुग्ने दुबै टिम विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्