Logo
Logo

पशुपति धर्मशालाबाट बतास समूहलाई चाडैँ हटाउँछौँ : पर्यटनमन्त्री


945
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहलाई पशुपति धर्मशालाबाट चाडैँ हटाउने बताएका छन् ।

महाशिवरात्री पर्व २०७८ को तयारीका विषयमा पशुपति क्षेत्र विकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतले समेत बाटो खोलिदिएकाले अव छिटै धर्मशाला छिटै फिर्ता ल्याउने बताएका हुन् ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अव त्यस्तो काम हुन नदिने स्पष्ट पारे ।

धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा बृद्धबृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनले भनाइ छ । उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सव्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले यस वर्ष महाशिवरात्रीमा करिव १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिव सवा करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुन उनले जानकारी दिए ।

महाशिवरात्रीमा गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ ।

महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र बिभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्