काठमाडौं । आइसिसी विश्वकप टि-२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो ।
युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे ।
अरविन्द ४६ रन बनाएर आउट भए । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नेपालको अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी-२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी-२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी(२० विश्वकप पुग्ने प्रयासमा छन् ।











