Logo
Logo

माग पूरा भए मात्रै एमसीसी पारित गर्न सहयोग गर्छौं : ओली


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका हुन् । भेटवार्तामा प्रधानमन्त्रीले ओलीसमक्ष एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

अध्यक्ष ‌ओलीले एमालेको माग पूरा नभएसम्म सहयोग गर्न नसक्ने बताएका थिए । एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

एमालेले सभामुख अन्गिप्रसाद सापकोटाको राजीनामा माग गर्दै एमालले ६ महिनादेखि संसद अवरुद्ध गर्दै आएको छ ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्