काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले एमसीसीबारे आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले जानकारी दिए ।
हालसम्म लोसपाले एमसीसीबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । भण्डारीका अनुसार आज बस्ने बैठकले एमसीसीबारे पार्टीको धारणा तय गर्नेछ ।
संसद्बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताएका छन् । लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । तर, सार्वजनिकरुपमा पार्टीको धारणा बाहिर ल्याएको छैन ।














