दाङ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर उनलाई बाघले झम्टिएर गम्भीर घाइते भएकी थिइन् ।
घाइते चौधरीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ ।














