Logo
Logo

तयारी नपुगेको भन्दै राप्रपाको केन्द्रीय समिति बैठक सारियो


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार र बिहीबार बोलाएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै बैठक एक साता पर सारिएको राप्रपाले जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको जनाएका छन् । उनका अनुसार अब राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्ने भएको छ ।

कमल थापाले नयाँ पार्टी (राप्रपा नेपाल) घोषणा गरेसँगै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रभावित भएको हो । यही ७ फागुनमा थापाले राप्रपा घोषणा गरेका थिए । केही नेताहरु थापातिर जानेक्रममा रहेका छन् ।

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट कमल थापा पक्षका पदाधिकारीसहित उल्लेख्य संख्यामा केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् । उनीहरुमध्ये अझै लिङ्देनतिरै छन् । पार्टीका कतिपय केन्द्रीय सदस्यहरु कमल थापातिर लाग्न सक्ने हुँदा तत्काल बैठक राख्न उपयुक्त नभएको भन्दै सारिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्