Logo
Logo

भोलि बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल हुने


1.2k
Shares

काठमाडौं । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने भएको छ ।

भोलिको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ । अर्को
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तु गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्