
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।
आफ्नै जन्मोत्सवको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई सिध्याउने प्रयास गरेको बताए । उने भने– ‘सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई पछार्ने कोसिस गरेका थिए । तर, एमालेले आफ्नो खुट्टा टेकिसकेको छ । अब कसैले केही गर्न सक्दैन ।’
आफूले विघटन गरेको प्रतिनिधिसलाई सर्वोच्चले खारेज गरिदिएको प्रसंग कोट्याउँदै ओलीले एमालेले युद्ध हारेको तर मोर्चा नहारेकोसमेत बताए ।














