Logo
Logo

कोही भ्रममा नपरौं एमसीसी पारित हुँदैन : प्रचण्ड


7.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुमोदान गर्नका लागि नभए गठबन्धन जोगाउन मात्र संसदमा एमसीसी पेस गरिएको बताएका छन् ।

माओवादी केन्द्र वागमती प्रदेश कमिटीको काठमाडौमा सुरु भएको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन मात्र एमसीसी टेबल गर्नुपरेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संसदमा टेबल गर्दैमा एमसीसी अनुमोदन हुन्छ भन्ने भ्रममा नपर्नसमेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने– ‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो । टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्