Logo
Logo

भन्सार छलेर ल्याउँदै गरेको चामलसहित एकजना पक्राउ


रुपेन्द्र पटेल

315
Shares

रौतहट । भन्सार छलेर ल्याएको चामलसहित एकजना पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा ल्याएको चामलसहित गौर नगरपालिका-७ का ३९ वर्षीय चन्दन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३-००१ च-२१३८ नम्बरको पिकअपमा लोड गरी नेपाल भित्र्याउँदै गर्दा पाण्डेलाई गौर नगरपालिका–१ नेपाल लजको अगाडिबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार बरामद भएको १५० वटा चामलको बोराको मूल्य करिब १५ लाख २५ हजार बराबर रहेको छ । बरामद गरिएको चामलसहित गाडीलाई आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्