Logo
Logo

पल शाहविरुद्ध पक्राउ पूर्जी जारी


5.5k
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाे अनुसार पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ ।

शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए । पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ ।

मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्