Logo
Logo

एकीकृत समाजवादीको जनसंगठनले एमसीसीबारे खुला बहस गर्दै


504
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागेको जानकारी दिए । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए ।

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्