Logo
Logo

एमसिसीबारे सडक जनमत संग्रह


630
Shares

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा एमसिसीबारे सडक जनमत सग्रह सम्पन्न भएको छ । अखिल क्रान्तिकारी पाँचथरद्वारा आयोजित जनमत सग्रहमा १८४ जनाले मत दिएका थिए ।

फिदिमको गणतन्त्र चोकमा आयोजना भएको सडक जनमत संग्रह कार्यक्रममा एमसिसीबारे जनताको धारणा बुझिएको अखिल क्रान्तिकारीका नेता प्रदिप बाँस्कोटाले जनाए ।

जनमत सग्रहमा यथास्थितिमा एमसिसी पारित हुनुहुदैन भन्ने पक्षमा १६२ मत अर्थात ८८.०४ प्रतिशत र पारित गरिनुपर्छ भन्नेमा र १७ मत अर्थात ९.२३ प्रतिशत मत खसेको अखिल नेता वाँस्कोटाले जनाए ।

कुल मत संग्रहमध्ये ५ मत बदर भएको छ । एमसिसि प्रति आम जनताको धारणालाई नजिकबाट नियाल्नका निम्ति सडकमै मिनि जनमत संग्रह कार्यक्रम गरिएको अखिल क्रान्तिकारीका नेता प्रदिप बाँस्कोटाले जानकारी दिए ।

नमुना जनमतमा युवा र विद्यार्थीसगै ज्येष्ठ नागरिकहरुले उत्साहजनक उपस्थिति जनाएका थिए । सदन र राजधानिका सडकमा बहशकै रुपमा रहेको एमसिसिका विषयमा सर्वसाधारणको धारणा के कस्तो छ ? भन्ने विषयमा धारणा संकलन गर्न नमुना जनम फलदायी भएको अखिल क्रान्तिकारीका नेता चन्द्र माङमुले जानकारी दिए ।

अखिल क्रान्तिकारीले पाँचथर सहित १ नम्बर प्रदेशका १४ वटै जिल्लामा नमुना मतदान गराउँदै छ ।

प्रतिक्रिया दिनुहोस्