काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान छलफल भएको छ । प्रतिनिधिसभा बैडक बस्नुअघि आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने कार्यसूची रहेको छ । त्यसअघि तीन दलका शीर्ष नेताहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको बताइएको छ ।

छलफललगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीका एक नेताका अनुसार प्रधानमन्त्रीले छलफल गर्न बोलाएपछि अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने अडान लिँदै आएका छन् । तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा जुटेका छन् ।














