काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल अघि बढ्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सदनमा बोल्न चाहने सबै संसद सदस्यले छलफलमा भाग लिन पाउने निर्णयसमेत गरेको छ । उनीहरुलाई ५ मिनेटको समय उपलव्ध गराइने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरु हुँदैछ ।














