काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालले आवश्यकता अनुसार सडक आन्दोलन चर्किने बताएका छन् ।

बिहीबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री सेमत रहेका नेता खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन, बल्छ पनि ।’
उनले एमसीसीमा मिल्ने सम्भावना नरहेको समेत बताए । नेता खनाले एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको बताउँदै यी दुइटा कहिल्यै नमिल्ने बताए ।
उनले भने, ‘शक्तिको पछाडि लाग्ने र राष्ट्रियताको पक्षमा लाग्नेहरु मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’ उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए।














