Logo
Logo

एमसीसीविरुद्धको प्रदर्शनमा झडप


1.3k
Shares

काठमाडौं । एमसीसी सम्झौताविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल गर्ने सूची रहेको थियो । त्यससँगै संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको हो ।

एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनलगायत अन्य ६ कम्युनिष्ट घटक सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । दर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदर्शनका क्रममा भएको झडपमा कति घाइते भए भन्ने खुलेको छैन ।

यसैबीच आज बस्ने भनिएको प्रतिनिधिसभा बस्नै नबसी स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहपछि बैठक स्थगित गरिएको हो । बैठक भोली साढे १२ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्