Logo
Logo

शीर्ष नेता भेटवार्तामा व्यस्त, एमसीसीमा सहमतिको प्रयास


2k
Shares

काठमाडौं । एमसीसी सदनबाट अनुमोदन गर्ने विषय पेचिलो बन्दै गएपछि दलका शीर्ष नेताबीच भेटवार्ता बढेको छ ।

बिहीबारको संसद बैठक स्थागित भएलगत्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन नयाँ बानेश्वरमै भेटवार्ता भयो । देउवा–ओलीबीच लगभग एक घण्टा छलफल भएको यियो ।

देउवा–ओलीबीचको छलफल सकिए लगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भेटवार्ता भएको छ ।

एमाले–माओवादी छलफलमा एमालेका अध्यक्ष ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल सहभागी छन् भने माओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

एमाले–माओवादी भेटपछि आजै साँझ ७ बजे पुनः कांग्रेस–एमालेबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्