काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका नेताहरुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भिडियो संवाद गरेका छन् । नेपालमा एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने बारेमा विवाद चलिरहेको उनीहरुले संवाद गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अनुसार विदेश विभाग प्रमुख सोङ्ग ताओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । त्यस्तै चिनियाँ उपमन्त्री चेन झाओले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । उनीहरुले बुधबार छलफल गरेका हुन् ।
नेपाली नेताहरुसँग दुई देशको सम्बन्ध र पार्टीको सम्बन्धलाई लिएर कुराकानी भएको सीपीसीको विदेश विभागले जनाएको छ ।














