Logo
Logo

माओवादी केन्द्र आन्तरिक छलफलमा


5k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टीको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक बसिरहेको छ ।

बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल भइरहेको छ । सो भेटमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए ।

यस्तै संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बस्ने बैठकमा अमेरिकी एमसीसीबारे छलफल गर्ने कार्यसूची छ । यसअघि बिहीबार बसेको संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गर्न लागि परेका छन् । सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा उभिएका छन् । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे अनिर्णित छ ।

यसैबीच प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । बिहीबार भएका छलफलमा नेपाली कांग्रेस र एमाले सहमतिको नजिक पुगेको बताइएको छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्यााएको छ ।

एमसीसी पास गराएरै छाड्ने अडान लिएको कांग्रेसका कतिपय नेताहरुले वर्तमान सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष पनि निकालिसकेका छन । माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता भने एमसीसीविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्