काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका जन संगठनहरुले एमसीसी पास नगराउन दबाव सिर्जना गर्न खबरदारी सभा गर्दैछन् ।
शुक्रबार दिउँसो १ः३० बजे प्रज्ञा भवन कमलादीको डबलीमा हुने खबरदारी सभामा एकीकृत समाजवादीका सम्मानी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्दैका नेता नारायणकाजी श्रेष्ठ, लिलामणी पौडेल, डा.सूर्यराज आचार्य, डा. खगेन्द्र प्रसाईंलगायतले एमसीसीबारे बहस गर्दैछन् ।
एमसीसी परियोजना अहिलेको स्थितिमा अनुमोदन गर्न नसकिने एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले निर्णय गरिसकेको छ । समाजवादीका जनवर्गीय संगठनहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।











