काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमालेमा प्रवेश गरेका गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई पार्टी भित्र्याएका हुन् । उनलाई स्वागत गर्न ओली पोखरा पुगेका थिए । गुरुङ
जसपाका नेता अशोक राईनिकट थिए ।
सोही कार्यक्रममा जसपा, कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। स्वागत कार्यक्रममा बोल्ने क्रममा ओलीले देश बनाउने महान कार्यमा अन्य दलबाट एमालेमा प्रवेश गर्न आग्रह गरे ।














