काठमाडौं । नेकपा (एकीकृत साजवादी)का सम्मानित नेता झलनाथ खानालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इण्डो-प्यासिफिक स्ट्राट्जी (आईपीएस) कै अंग भएको बताएका छन् ।

शुक्रबार एमसीसीविरुद्ध एकीकृत समाजवादी सम्वद्ध जनसंगठनको खबरदारी सभालाई सम्बोधन उनले सो कुरा बताएका हुन् । अमेरिका आफैले एमसीसी आईपीएसको अंग भनेर बताएको उनको भनाइ छ ।
उनले भने, ‘एमसीसी आईपीसको अंग होइन भनेर यहाँका अमेरिकनहरुले बोलिरहेका छन् । यहाँ नेपाली नागरिकता लिएका अमेरिकनहरुले त्यसरी बोलिरहेका छन् । तर, अमेरिकाका मन्त्रीहरुले एमसीसी आईपीसको अंग हो भनिरहेका छन् । एउटा रक्षामन्त्री र दुई जना साहयक मन्त्रीहरुले भनिसकेका छन् । हामीले आईपीसको अंग भनेको होइनौं, उनीहरु आफैले भनेका हुन् । उनीहरुले सिकाएर हामीले थाहा पायौँ ।’
सन् २०१७ र ०१९ मा गरी एमसीसी दुईवटा सम्झौता भएको उनले बताए । ०१९ को सम्झौतापछि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले थप नौ वटा सम्झौता गरेको उनको भनाइ छ ।
‘०१९ सम्झौतापछि अरु नौ वटा सम्झौताहरु केपी शर्मा ओलीकै पालमा गरिएको रहेछ । कोही ०१९ मै, कोही ०२० मा, कुनै कुनै ०२१ मा सम्झौता गरिएको रहेछ,’ उनले भने, ‘त्यसमाथि इस्टेट पाटनरसीप एग्रीमेन्ट जस्तो एउटा खतारनाक सम्झौता पनि गरेको देखिन्छ । जुन कुराहरुको आधारमा नेपाल आईपीएसको सदस्य भएको त्यो दस्ताबेजले बताउँछ ।’














