
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसकिो विषयमा छलफल भएको छ ।
देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमसीसी पारित गर्ने सन्दर्भमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेका छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न सहयोग गर्न नसकिने जवाफ दिए ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीकै कारण गठबन्धन नै टुट्ने अवस्था आउनसक्ने भन्दै विचार गरेर मात्र यसबारे निर्णय गर्न सुझाव दिएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री देउवा नेकपा एमालेको साथ लिएर एमसीसी पारित गर्ने तयारीमा जुटेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरिसकेका छन् ।














