Logo
Logo

एमसीसी माग्दै पत्र लेख्न झलनाथ खनाल हुन् : ओली


756
Shares

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउनु पर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिंडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको आरोप लगाए । शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुङ्गा हानिएको उनले बताए ।

उनले भने, ‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिंड्दा ढुङ्गा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिंड्दा ढुङ्गा हानेनन् । नेपाली कांग्रेसले एमसीसी पास गराउनु पर्छ भन्छ । सभामुखले टेबुल गरेका छन् । ढुङ्गा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिंड्दा ढुङ्गा हानिँदैन, म बाटोबाट हिंड्छु अनि ढुङ्गा हान्छन् ।’

प्रतिक्रिया दिनुहोस्