Logo
Logo

शिखर इन्स्योरेन्सको हकप्रद चैत १ गतेदेखि


252
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता (१०ः३)को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्कासनका लागि इन्स्योरेन्सले माघ २१ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयरमार्फत चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्युअर रेटिङ ए प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्कासनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्