Logo
Logo

सर्वोच्चको स्वेच्छारीले न्यायपालिका ध्वस्त : ओली


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको आरोप लगाएका छन् ।

शनिबार एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएको इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको उनको आरोप छ ।

फाइल फोटो

‘पाँच जनाको बेन्च बन्छ, दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु त यहाँ छैनन् होला एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।’

उनले संसदले प्रधानमन्त्री निर्वाचित गर्नुपर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा भन्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको छ ।’
एमालेलाई व्यक्ति चोलेन्द्रशमशेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको बताउँदै उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत आरोप लगाए ।
प्रधानन्यायाधीश राणाले एमालेलाई सहयोग गरेर महाअभियोग लगाउनेहरुले अरु चारजना न्यायाधीशबार नबोलेको भन्दै सबै न्यायाधीशले सेटिङमा असार २८ को फैसला आएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्