Logo
Logo

‘लेट मी इन मिसेस व्यूटी क्वीन नेपाल’मा २० जना छनोट



काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको विवाहीत महिलामा केन्द्रित ‘लेट मी इन मिसेस व्यूटी क्वीन नेपाल’को पाचौँ सस्करणको लागि सिजन मिडियाको कार्यालय कमलादीमा छनोट प्रक्रिया सम्पर्न भएको छ ।

उक्त छनोट प्रक्रियाबाट २० जना सहभागी छनोट गरिएको छ । उक्त छनौट कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयर लाइन्सका डेपुटी डाइरेक्टर रमेश पौडेल, मिसेस व्यूटी क्वीन नेपाल सिजन २ की विजेताहरु शान्ति लिम्बु र मनिसा विमली रहेका थिए ।

छनोट गरिएका प्रतियोगीलाई १५ गते आइतवारबाट प्रशिक्षण प्रदान गरिने छ । उक्त तालिममा महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिँदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रममा तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालभर रहेका सम्पूर्ण विवाहित महिलालाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्गनिर्देशनको भुमिका खेल्न सकोस् भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको प्रदिपराज वन्तले बताए ।

स्टेज पर्फमेन्स क्याटवाक आदिलगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम साथै आन्तरिक प्रतिभा तथा प्रतियोगितात्मक कार्यक्रमहरु सन्चालन गरिने जनाइएको छ ।

प्रतियोगिताका विजेताले लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको उपाधीसहित फ्रिज, रु ५० हजार वरावरका लेट मि इन को तर्फबाट गिफ्ट भौचर र ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने जनाइएको छ ।

त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपले भने क्रमशः टिभी भ्याकुम क्लिनर साथै रु २० हजार वरावरकोे गिफ्ट भौचर प्रदान गरिनुका साथै विभिन्न उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्