Logo
Logo

रौतहटमा पीडित महिलाका लागि ‘महिला सेफ हाउस’


रुपेन्द्र पटेल

1.9k
Shares

रौतहट । पीडा तथा समस्यामा परेका महिलाहरुको लागि रौतहटमा ‘महिला सेफ हाउस’ सञ्चालनमा आएको छ । पीडित महिलालाई सुरक्षित आवास तथा खानाको प्रवन्धसहित रौतहटको चन्द्रपुरमा ‘महिला सेफ हाउस’ सञ्चालन गरिएको हो ।

पीडित महिलाको पक्षमा लामो समयदेखि वकालत गर्दै आएको ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ले चन्द्रनिगाहपुरमा ४ बेडको महिला सेफ हाउस सञ्चालनमा ल्याएको हो ।

रौतहटमा पीडित महिलाको लागि बस्ने तथा खाने सुरक्षित स्थान नहुँदा समस्यामा परेका महिला तथा कुनै कारण पक्राउ परेका महिलालाई रौतहटको गरुडामा रहेको महिला सेल, बाराको निजगढ तथा सर्लाहीको हरिवन जानुपर्ने बाध्यता थियो ।

चन्द्रपुरमा महिला सेफ हाउस संचालनमा आएपछि पीडित महिलाको आवास तथा खानाको समस्या समाधान भएको मेची–महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाको भनाइ छ ।

संस्थाले अहिले भाडामा घर लिएर महिला सेफ हाउस संचालनमा ल्याएको छ । महिला सेफ हाउसमा तत्कालको लागि खाना र आवासको सुविधा उपलब्ध गराइएको बताउँदै तिमल्सिनाले विस्तारै अन्य मानवीय सुविधा उपलब्ध गराउँदै लैजाने बताएकी छन् ।

पीडित महिलाको पक्षमा आवाज उठाउँदै आएको संस्थाले समस्यामा परेका महिलाहरुलाई गाउँमै गई न्यानो कपडाका साथै खाद्यान्न सहयोग पनि गर्दै आएको छ । संस्थाले समय समयमा अन्य सहयोगात्मक सामजिक काम गर्दै आएको अवस्थामा पीडित महिलाको लागि खाना र आवाससहितको महिला सेफ हाउस संचालनमा ल्याएर ठूलो काम गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्