Logo
Logo

एमसीसीबारे छलफल गर्न गठबन्धन बैठक बस्दै


3.3k
Shares

काठमाडौं । एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको स्रोतको भनाई छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।

बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ ।

आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ ।

आज बस्ने संसद बैठकका सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्