Logo
Logo

टाइगर भन्छन्- ‘म घरमा चाहिँ आमासँग सुत्छु’



काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको युवतीबीच क्रेज बढ्दो छ । उनको अभियनसँगै नृत्य र एक्शनको पनि उतिकै चर्चा हुने छ ।

टाइगरले आफ्नो भित्रि कुरा हालै उनी आफै स्वयमले खुलासा गरेका छन् । एक हरर फिल्म हेरेपछि उनी यति डराएकी, त्यसपछिका दिनमा उनी एक्लै सुतेनन् ।

‘जब म घरबाहिर हुन्छ या कतै यात्रामा हुन्छु, त्यो समयमा कोही न कोही टिम सदस्यका साथ सुत्छु । घर आउँदा चाहिँ आमासँग सुत्छु’, टाइगरले भनेका छन् । उनले आफ्नो डरबारे आमालाई पनि थाहा भएकाले आफू आमासँग सुत्ने गरेको खुलाए ।

कामको कुरा गर्दा उनी चाँडै फिल्म ‘गणपत’मा देखिँदैछन् । जसमा उनको अपोजिटमा कृति सेनन छिन् । यो जोडीलाई दर्शकले फिल्म ‘हीरोपन्ती’मा देखिसकेका छन् । उनीहरु फिल्म ‘हीरोपन्ती २’मा पनि सहकार्य गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्