Logo
Logo

आजदेखि कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन


1.1k
Shares

काठमाडौं । कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । १५ औंअखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ शुरु हुन लागेको हो ।

आज दिउँसो प्रज्ञा भवन कमलादीमा शुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।

मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ । यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्