Logo
Logo

‘व्याख्यात्मक विश्लेषण’सहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘व्याख्यात्मक विश्लेषण’सहित अमेरिकी एससीसीलाई पारित गर्ने निर्णय गरेको छ । आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको विस्तारित बैठकले सो निर्णय गरेको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको हो ।

यसलगत्तै माओवादी केन्द्र आन्तरिक अनौपचारिक छलफलमा जुटेको छ । आज १ बजे संसद बैठक बस्दैछ । बैठक बस्नुअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा एमसीसीलगायत समसामयिक राजनीतिको विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्