काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी छन् । एमसीसीबारे छलफल गर्न बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारूढ गठबन्धनको एमसिसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेताहरू पनि सहभागी छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बस्ने बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।











