काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । नेकपा एकीकृत समाजवादीको भने अहिले स्थायी कमिटी बैठक जारी छ ।











