Logo
Logo

एमालेले भन्यो, ‘हामीलाई प्रक्रियामा सहभागी हुनबाटै व्यञ्चित गरियो’


2.8k
Shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले एमसीसी संसदबाट अनुमोदन गर्ने प्रक्रिया सहभागी हुनबाटै आफूहरु व्यञ्चित भएको बताएका छन् ।

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि नेता नेम्बाङको यस्तो भनाइ आएको हो ।

एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका बताउँदै उनले एमालेले संसद अवरोध जारी राख्ने बताएका छन् ।

नेता नेम्बाङले प्रतिनिधिसभाको बैठक अवरोध खोल्न कांग्रेस सकारात्मक नभएको उनको भनाइ छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेका थिए । तर, एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेसम्म एमसीसी प्रक्रियामा सहभागी नहुने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्