Logo
Logo

पल शाह पक्राउ



काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाहलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार पल शाहलाई आइतबार बिहान नियन्त्रण लिएको हो । अभिनेता शाहले आइतबार मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि उनी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्