Logo
Logo

मृतावस्थामा गैँडा फेला


693
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ ।
जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो ।यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुईवटा गैँडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्