Logo
Logo

एमसीसी पारित गर्ने तयारी, नयाँ बानेश्वरमा प्रदर्शन


945
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले एमसीसी पास गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वरमा आन्दोलन चर्किएको छ ।

आइतबार बसेको गठबन्धन बैठकले एमसीसीलाई ‘ब्याख्यात्मक टिप्पणी’सहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदन हुने भएको हो ।

यसअघि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनहरुले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका थियो । तर, आजै बसेको सत्तारुढ गठबन्धन बैठकले ‘ब्याख्यात्मक टिप्पणी’सहित संसदबाट एमसीसी अनुमोदन गर्ने सहमति भएको छ ।

अन्य साना ६ कम्युनिष्ट गठकलगायत राप्रपाले भने अहिले पनि एमसीसीको विरोध जारी राखेका छन् । आज संसदबाट एमसीसी अनुमोदन गरिने भएकाले नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । कडा सुरक्षाबीच पनि अहिले एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्