काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले एमसीसीबारे सत्तारुड गठबन्धनले तयार पारेको ‘ब्याख्यात्मक घोषणा’मा अमेरिकाले सहमति जनाइसकेको बताएका छन् ।

दृष्टिन्यजसँग मन्त्री श्रेष्ठले भने, ‘आजको संसद बैठकबाट ‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी पारित हुन्छ । यस विषयमा एमसीसीसमेत सहमत भइसकेको छ ।’
ब्याख्यात्मक टिप्पणीलाई एमसीसीको अंगका रुपमा संसदमा पूरक प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । पूरक प्रस्ताव मन्त्रिपरिषदले पास गर्नुपर्ने हुन्छ । उक्त प्रस्ताव पास गर्नुका लागि आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको उनले जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता समेत रहेका मन्त्री श्रेष्ठले आफ्नो पार्टी पनि ब्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयमा पुगेको बताए ।











