Logo
Logo

‘गठबन्धन जोगाउन र एमसीसीको समस्या हल गर्न व्याख्यात्मक घोषणा’


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिलाई लिएर स्पष्टिकरण दिएका छन् ।

फाइल फोटो

आइतबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगतै सत्तारुढ गठबन्धनको बैठकमा उक्त सहमति भएको थियो । यससँगै आजै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’ उनले संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्