काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नमकिपा)का सांसद प्रेम सुवालले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौतामाथिको बुँदागत छलफलमा सहभागी हुँदै सांसद सुवालले एमसीसी सम्झौता पारित गर्न नहुने बताए । उनले एमसीसी परियोजनाका कर्मचारीबाट नेपालीको मृत्यु भएपनि कहिँ उजुरी दिन नपाउने व्यवस्था भएको दाबी गरे ।
उनले भने, ‘सभामुखले एमसीसी पेस गर्दिन भन्नुभएको थियो। कुर्सी पनि छोड्छु भन्नु भएको थियो, त्यसैले एमसीसी मुर्दावाद र अमेरिकी सामाज्यवाद मुर्दावाद ।’











