Logo
Logo

बन्दकर्ताद्वारा बसमा तोडफोड, ६ जना पक्राउ


12.8k
Shares

काठमाडौं । बन्दकर्ताले काठमाडौंको सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।

६ जना पक्राउ
आज बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्