Logo
Logo

बनेपाको पुलबजारमा शंकास्पद वस्तु भेटियो


756
Shares

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु भेटिएको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्