Logo
Logo

झरनाले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को ताज



काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को उपाधि झरना रेग्मीले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगिताको ग्राण्डफिनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झरनाले ‘बेस्ट बडी’सहित उपाधि पहिरिएकी हुन् ।

आरएण्डआर गु्रपद्वारा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करणमा ११ जना मोडलहरु फाइनलमा पुगेका थिए । जसमध्ये पालिजा मानन्धर र विन्नी खड्की क्रमशः सेकेण्ड रनरअप र फस्ट रनरअप भए । पालिजाले बेस्ट वाक र अर्गनाइजर च्वाइज टाइटलसमेत पाएका छन् ।

यस्तै प्रतियोगितामा स्विकृति भट्टराईले मल्टिमिडिया र साइका भट्टराईले फोटोजेनिक अवार्ड पाए । प्रतिस्पर्धीहरुलाई स्टेजमा उत्रँनअघि मोडलिङ र आत्मविकासबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो ।

पावरबाई खल्ती एप रहेको उक्त प्रतियोगिताका लागि आईआईएफटी अटायर पार्टनरका रुपमा रहेको थियो भने पम्फाज फेसन ‘थिम पार्टनर’ र मेकओभरको जिम्मेवारी ब्युटी गार्डेन र द गु्रमिङ स्टेशनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्