काठमाडौं । संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

बानेश्वरको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो शंकास्पद कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।
एमसीसीको विरोधमा आज विभिन्न साना ८ कम्युनिस्ट घटकले बन्दको आह्वान गरेका छन् ।











